१४ बैशाख २०८१, शुक्रबार

राष्ट्र बैङ्कले १५ अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्ने

rastrabank

नेपाल राष्ट्र बैङ्कले असार २२ गते मङ्गलवार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक खर्च रकम जुटाउनका लागि नेपाल राष्ट्र बैकले विकास ऋणपत्र जारी गर्न लागेको हो ।

निष्कासन हुने विकास ऋणपत्र ५ वर्ष अवधि रहेको छ । बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले असार २२ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेस गर्नुपर्नेछ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म माग गर्न सकिनेछ । ऋणपत्र यही असार २३ गते निष्कासन हुनेछ भने २०८३ असार २३ गते गते साँवा भुक्तानी हुने नेपाल राष्ट्र बैकले जनाएको छ।