८ बैशाख २०८१, शनिबार

फेरि एक पुरुषको बाघको आक्रमणबाट मृत्यु

Tiger attack
सांकेतिक तस्विर

बर्दियामा बाघको आक्रमणबाट फेरि एक पुरुषको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ३ का ६७ वर्षीय चित्रबहादुर खत्रीको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए । आइतबारदेखि हराइरहेका खत्रीको शव नेपाल–भारत सीमा क्षेत्रमा रहेको सम्झना सामुदायिक वन भित्र क्षतविक्षत अवस्था आज फेला परेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट यसवर्ष १२ जनाको ज्यान गइसकेको छ भने दुई वर्षयता पाटे बाघबाट २१ र जंगली हात्तीबाट २ गरि २३ जनाले ज्यान गुमाइसकेका छन् ।