१३ बैशाख २०८१, बिहीबार

प्रदेश २ मा जसपाको ठाकुर समुह भुमिकाविहिन

Untitled 1 750x375 1
फाइल फोटो

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा नेपाली काँग्रेस सहभागि भएको छ । तर जसपाकै ठाकुर समुह भुमिकाविहिन बनेको छ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणमा समेत जसपाको ठाकुर समुहका सभासदहरुलाई उपेक्षा गरेको छ ।सत्तारुढ दलका सभासद भएपनि त्यो अनुभुति नभएको सो समुहका सभासदहरु बताउँछन् । ‘हामी अहिले भुमिकाविहिन अवस्थामा छौ’जसपा ठाकुर समुहका सभासद परमेश्वर साहले भने, तर सरकारको नीति तथा कार्यक्रम पास गर्न सघाए जस्तै बजेट पारित गर्नपनि सहयोग गर्ने छौ ।काठमाण्डुमा दल सम्बन्धी टुंगो नलागे सम्म भुमिका पाउनपनि गाह्रो देखिएको उनले बताए । जसपामा अध्यक्ष उपेन्द्र यादव समुहका मुख्यमन्त्री लालबाबु राउतले गत महिना जसपा ठाकुर समुहका मन्त्री जितेन्द्र सोनल र राज्यमन्त्रीहरु सुरेश मण्डल, डिम्पल झा र अभिराम शर्मालाई बर्खास्त गरेपछि सो समुह निरिह जस्तो देखिएकोछ । केन्द्रकै विवाद नटुंगिएको कारण मात्र अलमल रहेको जनाउँदै सभासद साहले भने, अब जसपा एउटै दल भएर रहन सक्दैन् । ‘अर्कै दल भएपनि प्रदेश सरकारसित प्रदेशको नाम र राजधानीमा सहकार्य हुनेछ’ उनले भने, हुनत हाल जसपा संसदीय दलको बैठकपनि एकपक्षिय रुपमा भइरहेको छ ।मन्त्रीबाट बर्खास्त भएपछि जितेन्द्र सोनल हराए जस्तै छ ।

प्रदेश सभामा विपक्षी दल एमाले र माओवादी केन्द्रले निर्वाचित सभासदको संसदीय विकास बजेट ५ करोड र समानुपातिक सभासदको साढे २ करोड मागगर्दै बैठक चल्न दिएको छैन् ।असार १ गते बजेट भाषण भएपछि हाल सम्म प्रदेश सभाको बैठक बसेको छैन् । स्रोतका अनुसार बजेटमा बिनियोजन भइसकेको ३ करोड र डेढ करोड भन्दा बढाउन सक्ने संभावना छैन् ।कोरोना भाइरस संक्रमणको कारण बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गरिएकोले सभासदहरुलाई थपिने संभावना नरहेपछि २३ गते बस्ने प्रदेश सभामा विपक्षीहरुले बिरोध गर्ने संभावना छ ।जसपाको ठाकुर समुहको भूमिका त्यहाँ फरक हुन सक्छ ।