६ बैशाख २०८१, बिहीबार

रौतहटमा भारतीय एसएसबीले नेपाली युवकलाई गरे कुटपिट, स्थिती तनावग्रस्त

bodar
फाइल फोटो

रौतहटको मुख्य नाका गौर बैरगनिया मितेरी पुलमा भारतीय एसएसबीले एक नेपाली युवकलाई कुटपिट गरेपछी सोमबार दिनभर नै तनावग्रस्त बनेको छ ।

गौरबाट सीमापारी बैरगनिया जान लागेका गौर नगरपालिका ५ का गौतम दुलाललाई भारतीय एसएसबीले कुटपिट गरेपछी स्थिती तनावग्रस्त बनेको हो । कारोना महामारीका कारण विगत डेढ वर्ष देखी बन्द रहेको गौर बैरगनिया मुख्य सडक बाढीकारण विगत तीन दिन देखी पैदल आवतजावत गर्न सूचारु भएपनी सोमबार बिहानै देखी भारतीय एसएसबीले बन्द गरेको स्थानीयहरुले बताएका छन् ।
कोरोनाकाल देखी नै गौर बैरगनिया नाका ठप्प रहेपनी सर्वसाधारणहरु चोर बाटो भएर आवतजावत गर्ने गरेका थिए, तर वर्षा र बाढीका कारण छेउछाउमा पानी जमे पछी बाध्यताले मुख्य बाटो रोज्न भारतीय एसएसबीलाई दबाब दिएपछी तीन दिन अघि पैदल आवतजावत गर्न खुल्ला गरिएको थियो । सीमा क्षेत्रमा भारतीय क्षेत्रमा समेत एसएसबीले सोझै बाटो प्रयोग नगरी सर्वसाधारणहरुलाई तल्लो भागबाट आवतजावत गर्न लगाएका थिए । तर सोही क्रममा किनमेलका लागि भारत जान लागेका नेपाली युवकलाई भारतीय एसएसबीले कुटपिट गरेको आरोप स्थानीयहरुको रहेको छ ।

एसएसबीको कुटाईबाट घाईते भएका नेपाली युवकको गौर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।