१४ बैशाख २०८१, शुक्रबार

बैंकिङ कसूरको मुद्दामा कलाकार शिशिर राणा पक्राउ

Shishir Rana

आज कलाकार शिशिरशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरीले विजुलीबजारबाट पक्राउ गरेको हो ।

ब्युरोका डीआईजी धिरजप्रताप सिंहका अनुसार शमशेरलाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना सुनाएको थियो ।

प्रहरीका अनुसार २०७६ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएका थिए ।

त्यसैको पक्राउ परेका कलाकार राणालाई फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको प्रहरीले बताएको छ । कलाकार राणाले वडा नम्बर ६, क्लासिक, वीरविक्रम, कायरा, रामकहानी लगायतका फिल्ममा अभिनय गरेका छन् भने कहि फिल्ममा लगानी गर्नुका साथै निर्देशन समेत गरेका छन् ।