१५ बैशाख २०८१, शनिबार

राष्ट्र बैंकले पूरा गर्‍यो व्यवसायीको माग, चालु पुँजी कर्जासम्बन्धी मागदर्शन संशोधन

mahaparsad
फाइल फोटो

नयाँ सरकार निर्माण भएको १० दिन नबित्दै नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेर व्यवसायीको माग पूरा गरेको छ ।

मार्गदर्शनअनुसार गत कात्तिकसम्ममा तोकिएभन्दा बढी कर्जा फिर्ता गर्नुपर्ने थियो । तर राष्ट्र बैंकले आज मार्गदर्शन संशोधनको जानकारी दिँदै अब २०८२ असारसम्ममा राष्ट्र बैंकले तोकेभन्दा बढी कर्जा भुक्तान गरे हुने भएको छ ।

नियमविपरीत सेयर र घरजग्गामा लगानी गरेका व्यवसायीहरु यस्तो कर्जाको सीमा घटाउन माग गर्दै चार महिनादेखि आन्दोलनमा थिए । ठूला व्यवसायीहरुको माग चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गराउने थियो भने साना व्यवसायीहरु ब्याज घट्ने आशमा बजारमा आएका थिए । यद्यपि राष्ट्र बैंकले ब्याज घट्ने संकेत भने गरेको छैन ।

कारोबारको अधिकतम २० प्रतिशतसम्म मात्र चालु पुँजी कर्जा लिन पाइने व्यवस्था राष्ट्र बैंकले गत भदौमा गरेको थियो । यसअघिको सरकारले पटक-पटक व्यवसायीको माग सम्बोधन गर्न आग्रह गर्दा नसुनेका गभर्नर महाप्रसाद अधिकारीले नयाँ सरकार आएको १० दिनभित्रै विभिन्न व्यवसायी र अर्थमन्त्रीसँग पटक-पटक भेट गरेर व्यवसायीका माग पूरा गरेका छन् ।