१५ चैत्र २०८०, बिहीबार

राप्तीमा युवतीको शव फेला, ९ दिनदेखि हराएकी सुजिताको शव भएको आशंका

209943771 1670882103101839 3344751865514636967 n

चितवनको राप्ती नगरपालिकामा एक युवतीको शव फेला परेको छ । आइतबार साँझ नगरपालिकाकै ब्रम्हस्थानी सामुदायीक बनमा युवतीको शव फेला परेको हो ।

शवको पहिचान भएको छैन । ९ दिन अघिदेखि हराएकी राप्ती नगरपालिका ३ की २२ बर्षिय सुजिता भण्डारीको शव हुनसक्ने आशंका गरिएको छ । परिवारका सदस्यले भने सुजिताको नै शव भएको बताएका छन । शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ । जंगलमा च्याउन टिप्न गएका स्थानियहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको बताइएको छ । वनको विचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

212885373 2911307022426636 8122240484730638181 n

११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन । एक सातादेखि केन्द्रिय अनुसन्धान व्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

210448548 2911307582426580 5239819953495715485 n