१४ बैशाख २०८१, शुक्रबार

साउन तेस्रो साता कक्षा १२ को परीक्षा गर्ने प्रस्ताव, परीक्षा बोर्डले माग्यो अनुमति

student
फाइल फोटो

राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बताए ।

कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति माग गरेको र परीक्षाको तयारी पनि गरिरहेको बोर्डले जनाएको छ । गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो ।

बोर्डले गत वर्षको भन्दा फरक मोडालिटी अर्थात् शतप्रतिशत लिखित परीक्षा लिने तयारी गरेको छ ।