८ बैशाख २०८१, शनिबार

स्वदेशमै नातिनीको मृगौला प्रत्यारोपण गर्दै प्रधानमन्त्री ओली

kp oli parliamen

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ ।

करिब १३ वर्षअघि दिल्लीमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । उनलाई त्यतिबेला बुहारी अन्जनाले आफ्नो मिर्गौला दिएकी थिइन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणको कुरा आएपछि धेरै कार्यकर्ता र सर्वसाधारणले ओलीका लागि होइन मुलुकको भोलिका लागि म मेरो मिर्गौला दिन्छु भनेर आग्रह गरेका थिए, तर नातिनीलेनै दिने भनेपछि उनकै म्याच भयो ।

पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी आफन्ततर्फकी नातिनीको नाम गोप्य राखिएको छ। दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले राखेका हुन् ।

प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण पनि शिक्षण अस्पतालमै गराउँदै आएका छन् भने एपेन्डिसाइटिसको शल्यक्रिया समेत सोही अस्पतालमा गराएका थिए ।

नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल रोजेको स्रोतको भनाइ छ ।