१४ बैशाख २०८१, शुक्रबार

हङकङसँग नेपाल ४३ रनले पराजित

nepal cricket team

एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा नेपालले हङकङसँग ४३ रनले पराजय भोगेको छ । यो नेपालको लगातार दोस्रो हार हो ।

टेर्डथाई क्रिकेट मैदानमा हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । नेपालका ४ खेलाडिले मात्र दोहोरो अंक को योगफल भेट्टाउन सके । पुर्व कप्तान पारस खड्का ७ बल खेल्दै ४ रन मा एल बि डब्लु को धारापमा परे ।

बलिङ्ग तर्फ सन्दिप लामिछानेले र सुसन भारी ले २-२ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए ।

अब नेपालले बुधबार आयोजक थाइल्याण्डसँग खेल्नेछ । प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङ रहेका छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।