६ चैत्र २०८०, मंगलवार

ओमान विरुद्ध नेपालको ऐतिहासिक जित

nepal vs oman 2021 win

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले आयोजक ओमानविरुद्ध सात विकेटले विजय हासिल गरेको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका थिए । सोही क्रममा नेपालले ओमानलाई ३७.७ ओभरमा १२१ रनमा सिमित राख्न सफल भएको थियो । साथै १८.२ ओभरमा तीन विकेटको क्षतिमा सहजै १२२ रनको लक्ष्य हासिल गरेको थियो ।

नेपालले आज टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । अनुभवी ब्याट्सम्यान शरद भेषावकर र आरिफ शेखले आजको खेल खेलेका थिए भननेपालले कुशल मल्ल र गुलशन झालाई बेन्चमा राखेको थियो ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो ।

त्यस्तै मङ्गलबार भएको दोस्रो खेलमा भने नेपाल ओमानविरुद्ध पाँच विकेटले पराजित भएको थियो ।

शुक्रबार भएको अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । लिगमा सात खेलबाट ६ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ भने १२ खेलबाट २० अङ्क बटुलेको ओमान अङ्क तालिकाको शीर्षस्थानमा छ ।