१४ बैशाख २०८१, शुक्रबार

टी–ट्वान्टी वरीयताको १५ औं स्थानमा नेपाल यथावत

cricket
फाइल फोटो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमै रहेको थियो । नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ । यस्तै भारत दोस्रो, अष्ट्रेलिया तेस्रो, पाकिस्तान चौंथो र न्युजिल्याण्ड पाँचौ स्थानमा रहेका छन् । खेलाडीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्का ७० औं स्थानमा यथावत रहेका छन् । यस्तै नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने बलिङतर्फ ८३ औं स्थानमा रहेका छन् । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली ब्याटिङ वरीयताको शीर्ष पाँचमा उक्लिएका छन् । यस्तै इंग्ल्यान्डका जोस बट्लर शीर्ष २० मा उक्लिएका छन् ।