१४ बैशाख २०८१, शुक्रबार

नेविसंघद्वारा करवृद्धि विरुद्ध देशभर प्रदर्शन

nepal student union

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानुनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखी आज विरोध प्रदर्शन गरेको छ।

राजधानीमा नेविसंघले त्रिचन्द्र, नेपाल ल कयाम्पस, शङ्करदेव, सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्शलगायतका क्याम्पस अगाडि प्रदर्शन गरेको छ।

त्यसैगरी नेपाल विद्यार्थी संघले सप्तरीको राजविराज–कुनौली सडक आधा घण्टा अवरुद्ध गरेको छ। नेविसंघ आबद्ध विद्यार्थीहरुले विष्णुपुर गाउँपालिकास्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसअगाडि टायर बालेर सडक अवरुद्ध पारे।

पाठ्यपुस्तकमा कर लगाउँदैमा मुलुकको विकास नहुने भन्दै उनीहरुले सर्वसाधारणको असहजतालाई मध्यनजर गरी कर लगाउने निर्णय फिर्ता लिनुपर्ने माग गरे। पेट्रोलियम पदार्थ र पुस्तकमा कर लगाउनले निर्णय फिर्ता नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गरिने यादवले चेतावनी दिए।