४ बैशाख २०८१, मंगलवार

लिभरपुल वाट्फोर्ड सँग ३-० ले स्तब्ध

liverpool watford 7

शनिबार राती भएको खेलमा लिभरपुल ३–० ले पराजित भएपछि लज्जास्पद हार व्यहोरेको छ । लिभरपुल जनवरी २०१९ पछि पहिलोपटक पराजित भएको हो ।

liverpool watford 6

४४ खेलपछि पराजित लिभरपुलको अपराजित रहेर लिग उपाधि उचाल्ने सपना तुहिएको छ । यस्तै लगातार १९ खेल जित्दै कीर्तिमान बनाउने सपना पनि तुहिएको छ । लिभरपुलले प्रिमियर लिगमा गोल गर्न नसकेको ३६ खेलपछि यो पहिलो पटक हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा घरेलु टोली वाटफोर्डले दोस्रो हाफमा तीन गोल गरेको थियो । घरेलु मैदानमा इस्माइला सरा चम्किएपछि वाटफोर्डले लिभरपुलमाथि शानदार जित हात पारेको हो । सारले दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्ट गरे । सर्रले ५४ औ मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औ मिनेटमा उनैले घरेलु टोलीको अग्रता दोब्बर बनाए । कप्तान डेनीले ७२ औ मिनेटमा गोल गर्दै वाटफोर्डको शानदार जीत सुनिश्चित गरेका थिए ।

liverpool watford 2

हारपछि पनि लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि २२ अंकको अग्रता कायमै राखेको छ । लिगमा लिभरपुलले अझै १० खेल खेल्न बाँकी छ र ४ खेल मात्र जितेपनि उपाधि भने जित्नेछ ।

लिभरपुलसँग खेल्नुअघि पुछारबाट दोस्रोमा रहेको वाटफोर्डले जितपछि रेलिगेसन जोन छाडेको छ । २८ खेलबाट २७ अंक जोडेको वाटफोर्डले बर्नमाउथलाई गोलअन्तरमा पछि पारेको छ ।

liverpool watford 4

लिभरपुललाई हराएपछी वाट्फोर्डले एक ट्वीट गर्दै आगामी खेलकोलाई आर्सनल लाई निम्तो दिएको छ ।