१२ बैशाख २०८१, बुधबार

कोरोना जोखिमका कारण दोस्रो टोखा महोत्सव स्थगित

tokha mahotsav

यही फागुन २३ देखि २५ गतेसम्म आयोजना हुन लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको छ ।

एक सुचना प्रकाशित गर्दै टोखा नगरपालिका ले सो महोत्सव नेपाल मा कोरोना को उच्च जोखिमलाई ध्यानमा राख्दै स्थगित भएको जनाएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस उच्च जोखिममा रहेका मुलुकहरुमा नेपालाई पनि राखेको छ।

tokha mahotsav cancelled

नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचारप्रसारलाई तीव्र बनाएको थियो । नेपाल भ्रमण वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई टोखा चिनाउनका लागि नेवाःगुठी टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको थियो । महोत्सव सम्पन्न गर्नका लागि चालू आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।