१६ बैशाख २०८१, आईतवार

लयमा फर्किँदै लिभरपुल

Liverpool

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति साउथह्याम्पटनलाई ३–१ अन्तरले पराजित गर्दै लिभरपुल लयमा फर्किएको संकेत गरेको छ ।

लिभरपुलको जितमा डार्विन नुनेजले दुई गोल गरेका थिए । रोबर्टाे फिर्मिन्होले एक गोल थपे । साउथह्याम्पटनका एडम्सले एक गोल फर्काए ।

जितसँगै लिभरपुलले १४ खेलबाट २२ अंक जोड्दै छैटौ स्थानमा छ । साउथह्याम्पटन १२ अंक जोडेर १९ औं स्थानमा छ ।

राति भएका अन्य खेलमा टोटेनहमले लिड्स युनाईटेडलाई ४–३ ले हरायो । बर्नेमाउथले एभर्टनलाई ३–०, नटिङघम फरेस्टले क्रिस्टल प्यालेसलाई १–० र लेस्टरले वेस्ट ह्यामलाई २–० ले हराएका छन् ।