११ बैशाख २०८१, मंगलवार

वडाध्यक्ष श्रेष्ठको हत्या सुनियोजित

60d69a5719550 surya

सर्लाहीको इश्वरपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सुर्यकुमार श्रेष्ठको हत्या भएको दुई दिन नबित्दै नगरपालिकाका मेयर मनोज देवकोटा र मृतकका आफन्त बिच आरोपप्रत्यारोप भएको छ ।

मृतकका परिवारले मेयर देवकोटा हत्याको प्रमुख योजनाकार रहेको आरोप लगाएका छन् । मृतक परिवारले मेयर बिरुद्ध किटानी जाहेरी दिने तयारी थालेको छ । यता मेयर देवकोटाले आफुलाई राजनीतिक रिसिभिमा फसाउन षडयन्त्र भईरहेको प्रतिक्रिया दिएका छन् । मृतक वडाध्यक्ष श्रेष्ठको हत्या भए पछि धेरै कुराहरु उजागर हुन थालेको छ ।

इश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा र मृतक वडाध्यक्ष श्रेष्ठ दुबै जनाको घर वडा नं.३ मै रहेको छ । आ.व. २०७७।०७८ मा मेयर देवकोटाले आफु बस्ने वडामा सबैभन्दा बढी बजेट पारेका थिए । करिब १० करोडको २० वटा योजनाहरु वडा नं. ३ मा संचालन भयो । यहि योजना र बजेट बाडफाडको सम्बन्धमा मेयर र वडाध्यक्ष बिच चर्काचर्की हुदै आएको मृतकका भाई ओमप्रकाश श्रेष्ठले बताए । इश्वरपुर नगरपालिकाका कर्मचारी तथा स्थानीयहरुका अनुसार नगरपालिकामा कुनैपनि व्यतिmलाई ५ हजार दिनुपर्ने भएपनि मेयर देवकोटाको हस्ताक्षर बिना दिने गरेको छैन् । पार्टीगत रुपमा कठोर मानसिकताका मेयर देवकोटा इश्वरपुर नगरपालिकामा पार्टी कार्यकर्ता बाहेक अरु कसैलाई कुनैपनि योजना वा कार्यक्रम दिएका छैनन् । मृतक वडाध्यक्ष श्रेष्ठका हत्यामा आरोपित प्रमुख नाईके जेसिबिका मालिक प्रेमराज दहाल मेयर देवकोटाको बिश्वास पात्र रहेकोले पनि हत्याको संकेत मेयर माथि सिधा जान्छ भाई ओमप्रकाशले थपे । मृतकका छोरा सुमन श्रेष्ठका अनुसार ईलाका प्रहरी कार्यालय ईश्वरपुरका ईन्चार्जले पनि धेरै कुरा लुकाएको बताए ।

घटनाको राती १० बुबा संग फोनमा कुरा भएको एकक्षिन पछि ईलाका प्रहरी कार्यालयका ईन्चार्जले फोन गरेको छोरा सुमनले सुनाए । बुबा अहिले जिउदै छ, ढुकढुकी चलेकै छ, चिन्ता लिनु पर्दैन भनेर बताएपछि घरपरिवारको सातो गयो । प्रहरीलाई घटनाको जानकारी पहिले देखि नै थियो । घाईते अवस्थामा रहेका बेला तुरुन्त उपचार भएको भए बुबा बाँच्ने थियो । तर प्रहरीले ३ घण्टा पछि राति १ बजे उपचारको लागि बुबालाई जिल्ला अस्पताल मलंगवा लानु भयो । चिकित्सकले बुबालाई मृत घोषणा गरेको थियो । भाई ओमप्रकाश श्रेष्ठले भने दाई त्यो राती घरबाट जान मानेका थिएनन । मेयरले भनेपछि मात्र दाई जेसिबिका ठेकेदार प्रेमराज दाहाल संग भेटन जानु भयो । भेटन जादा खाजा खान भनेपछि ठेकेदार दाहाल, जेसिबि चालक रविन भन्ने हर्क बहादुर तामांग र स्थानीय प्रहरी चौकीका ईन्चार्ज पनि त्यही थियो । सबै जना खाजा खाएपछि योजना अनुसार हत्या गरेको भाई ओमप्रकाशले आरोप लगाए । स्थानीयवासीका अनुसार ठुलो रकमको चलखेलका कारण वडाध्यक्षको हत्या भएको छ । रकमको लेनदेनमा कुरा नमिल्दा हत्या भएको स्थानीयहरुको भनाई छ । विगत केहि दिन देखि मेयर र ठेकेदार संगको वादविवाद र खिचातानीले वडाध्यक्ष श्रेष्ठ तनाबमा रहेको इश्वरपुर नगरपालिका एकजना कर्मचारीले बताए ।