१४ बैशाख २०८१, शुक्रबार

सर्लाही-४ : गठबन्धनको सहमतिविना माओवादीको स्वतन्त्र उम्मेदवार, फिर्ता लिन दबाब

ele

सत्तारुढ गठबन्धनको सहमतिविना माओवादी केन्द्रको स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ । गठबन्धनको सहमतिअनुसार सो क्षेत्र कांग्रेसले पाएको थियो ।

जसअनुसार गठन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसका नागेन्द्रकुमार रायले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गरे । 

तर, गठबन्धनको साझा उम्मेदवारले मनोनयन दर्ता गरे पनि माओवादीका शिवपुजन राय यादवले आफ्नी छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवार बनाएका छन् । 

जसले गठबन्धन आवद्ध दलमा आशंका उत्पन्न गराएको छ । गठबन्धनको साझा उम्मेदवार रायलाई सघाउने गरी मधुमालाको उम्मेदवारी फिर्ता नभए माओवादीको उम्मेदवारलाई कांग्रेसका नेता कार्यकर्ताले भोट नदिने गरी मधेश प्रदेशमा तयारी थालिएको एक नेताले जानकारी दिए । 

सत्ता गठबन्धनका तर्फबाट सर्लाही–४ मा कांग्रेसका नागेन्द्रकुमार रायको उम्मेदवारी दर्ता भएको छ भने ४ ‘क’ मा कांग्रेसकै वीरेन्द्र सिंह र ४ ‘ख’ मा माओवादीका फकिरा महतोले प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।

तर, गठबन्धनका साझा उम्मेदवारको ‘बागी’को रुपमा शिवपुजनले छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएको सर्लाहीका कांग्रेस नेता कार्यकर्ताको बुझाइ छ । 

शिवपुजनकी श्रीमती मीना मधेसी महिला क्लस्टरबाट समानुपातिक उम्मेदवार छिन् । उनी कलस्टरको पहिलो नम्बरमा छिन् ।