१५ चैत्र २०८०, बिहीबार

माओवादीलाई सरकारमा भित्र्याउने छलफल

Upendra yadav
फाइल फोटो

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा)को आन्तरिक कलहलाई सुल्झाउन अध्यक्ष उपेन्द्र यादव आइतवार अबेर राती सम्म सकृय रहे ।

नेतृ रेणु यादवसमेतको उपस्थितिमा अध्यक्ष यादवले प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसित लामो छलफलपछि मन्त्रीहरुसित एक्लाएक्लै छलफल गरे ।प्रदेश २ को बजेट प्रदेश सभामा प्रस्तुत भएपछि सरकारमा रहेका मन्त्री र मुख्यमन्त्रीबीच विवाद चुलिएकोछ । मुख्यमन्त्री कार्यालयको साइकल वितरण र स्वच्छता अभियानलाई हटाइएपछि राउत आक्रोशित भएका छन् । निरिह रहेका राउतलाई कार्यक्रम छाडन् नहुने दवाव आसेपासेले दिइरहेका छन् ।

स्रोतका अनुसार अध्यक्ष यादव र नेतृ यादवसितको संयुक्त छलफलमा राउतले आफ्ना समस्याहरु राखेका थिए । त्यसपछि अध्यक्ष यादवले मन्त्रीहरुसित एक्लाएक्लै भेंटेर समस्या र समाधानबारे छलफल गरे ।गत महिनाको अन्तिम हप्ता ६ दिन जनकपुरधाममा रहेका अध्यक्ष यादवले जसपा भित्र पूर्व राजपाको गुट चलाउने भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सहित राज्यमन्त्रीहरु सुरेश मण्डल, अभिराम शर्मा र डिम्पल झालाई सरकारबाट हटाउन लगाएका थिए । प्रदेश सरकारको तलब सुबिधा पाइरहेका राजनीतिक नियुक्तीका केहि अधिकारीहरुलाई पद छाड्न रणनीतिक रुपमा दवाव सृजना गरिएकोछ ।बजेट मार्फत उनीहरुलाई त्यो सन्देश दिएकोछ । हुनत आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले बजेटमा कसैसित कुनै प्रकारको विभेद नभएको बताउँछन् ।‘बजेटमा कसैसित कुनै प्रकारको विभेद गरिएको छैन्’ उनले भने, माग र उपलब्धताबीच समन्वय गरेर बजेट आएकोछ ।

सरकारमा आर्थिक मामिला मन्त्री यादव र मुख्यमन्त्री राउतबीच तालमेल अभाव रहेपनि अन्य मन्त्रीहरु गुटबन्दीमा लागेका छैनन् । अध्यक्ष यादव र नेतृ रेणुले दिनभरि कसरत गरेपनि ठोस निष्कर्ष निस्कन सकेको छैन् ।सोमवार बिहानै राजधानी फर्किने कार्यक्रम रहेपनि अब दिनभरि नै रहेर फेरी छलफल गर्ने बताइएकोछ । अध्यक्ष यादवले पूर्व राजपाका सभासदहरुसित भेंट्न चासो देखाएका छैनन् । केहि नेताहरुले उनलाई भेंट्ने प्रयास गरिरहेको बताइएकोछ । काँग्रेसलाई सरकारमा ल्याउने वातावरण उनले नै बनाएका थिए ।स्रोतका अनुसार सरकारमा माओवादी केन्द्रलाई सहभागि गराउन अध्यक्ष यादवले उच्चस्तरमा छलफल गरेको स्रोतले जनाए । केन्द्रमा रहेको पाँच दलिय समिकरणकै अधारमा प्रदेश सरकारमा माओवादीलाई समेत सहभागि गराउन अध्यक्ष यादवले पहल गरेका छन् ।प्रदेश सभासदहरुमा सरकारप्रति ब्यापक आक्रोश छ ।उनीहरुले सोझै अध्यक्षसित आक्रोश पोख्न नसकेपनि विभिन्न माध्यमबाट असन्तुष्टि जाहेर गरेका छन् ।स्रोतका अनुसार माओवादी मन्त्री थपिएसँगै जसपाबाट केहि राज्यमन्त्री थपिने तयारी छ ।