८ बैशाख २०८१, शनिबार

ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने पक्राउ

Nepal police

अछाममा पासविनै कैलालीबाट आएको ना ४ ख ४७४१ नम्बरको बसमा सवार एक यात्रुले प्रहरी जवानमाथि हातपात गरेका छन् ।

आइतबार साँझ करिब ६ बजेतिर जयगढ प्रहरी चेकपोस्टमा बसको कागजात तथा पास माग्ने क्रममा बसमा सवार भक्त प्रसाद जैशीले प्रहरी चेकपोस्टमा कार्यरत प्रहरी जवान माथि हातपात गरेका हुन् ।

उनले आफू प्रहरीको इन्स्पेक्टर हो भन्दै पास माग्ने खड्कामाथि हातपात गरेका थिए । उक्त घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालले नियन्त्रणमा रहेका ती यात्रुको नाम ठेगाना नखुलेको र सोध्दा फरक फरक परिचय दिने गरेको बताउनु भयो । मानसिक अवस्था ठिक नभएकाले जिल्ला अस्पतालमा उनको उपचार गरिने डिएसपी अर्यालले जानकारी दिनुभयो।

मदिराको नशामा लठ्ठ भेटिएका जैशी अछामकै ढकारी गाउँपालिकाको घोडासैनका रहेको स्थानीयले बताएका छन् । उनी नेपाली सेनाका जवान समेत रहेको स्थानीय बताउँछन् ।