५ जेष्ठ २०८१, शनिबार

प्रभु साह प्रमुख अतिथि रहेको नगरसभामा झडप: प्रहरीसहित ७ जना घाइते

Maulapur Jhadap133

रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनको लागि करिब कैयौं राउण्ड अश्रुग्यास प्रहार गरेका छन् ।

बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेका हुन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले बताएको छ ।

मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।

तनावका बीच मौलापुर नगरपालिकाले आफ्नो पाचौं नगरसभा भने सम्पन्न गरेको छ । साह पक्षका कार्यकर्तासँग नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, नेपाली कांग्रेस र जसपा कार्यकर्ताबीच झडप भएको हो । झडपमा ७ जना घाइते भएकोमा एकजनाको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाउने तयारी छ ।