१४ बैशाख २०८१, शुक्रबार

महिनौदेखि उप प्रमुख कार्यालयमा अनुपस्थित

nyayik samiti 750x375 1

महोत्तरीको सम्सी गाउँपालिकामा न्यायिक समिति चार वर्षमा कुनै पनि विवाद बारे छलफल गराउन सकेको छैन् । गाउँपालिकाकीउपमेयर एवम् न्यायिक समिति संयोजक नगिना देवी यादवले समितिमा आएको विवाद सम्बन्धी कुनै पनि उजुरी माथि छलफल गर्न सकेको छैन । न्यायिक समिति बारे तालिम गोष्ठीमा उप प्रमुख सहभागि भएपनि न्यायिक समिति सञ्चलन भने गर्न सकेको छैन । गाउँपालिका अध्यक्ष शेष फारुकसंग योजना र बजेटमा कुरा नमिल्दा उप प्रमुख यादवले न्यायिक समितिलाई कार्यान्वयन गर्न तर्फ कुनै प्रयास नै नगर्दा गाउँपालिकाका नागरिकलाई न्याय दिन इजलास सञ्चालन हुन नसकेको गाउँपालिकाको एक कर्मचारीले बताए । गाउँपालिका अध्यक्षसंग उप प्रमुख निर्वाचित भएदेखि नै योजना बाडफाड र सेवा सुविधाको विषयमा विवाद छ ।

गत वर्षको पाँचौ गाउँसभा विरुद्ध उच्च अदातलमा रिट दिएपछि फागुन ३ गते पुन सम्सी गाउँपालिकाको पाचौ संशोधित गाउँ सभाबाट गर्नु परेको थियो । संशोधित गाउँसभामा उपस्थित भएकी उप प्रमुख त्यसपछि कार्यालय आएकी छैनन् । गाउँपालिकाको योजना अनुगमन, न्यायिक समिति सञ्चालन र कार्यपालिका बैठकमा सहभागि हुन उप प्रमुख यादवलाई पटक– पटक पत्रचार गरेपनि पत्र बुभ्mन अस्विकार गरेको र कार्यालय समेत नआएको सम्सी गाउँपालिकाका कर्मचारी बताउछन् । असार १० गते बिहीबार हुने गाउँपालिकाको गाउँसभाको लागि विभिन्न समितिहरुको छलफलमा सहभागि हुन गाउँपालिकाले फोन मार्फत, एसएमएस, पत्राचार गरेपनि उप प्रमुख कार्यालय नआएपछि पटक पटक बैठक अबरुद्ध भएको थियो । गाउँपालिकाको पत्रलाई अटेर गरी कुनै जानकारी नदिएपछि बैकल्पिक माध्यम अपनाएर समितिहरुको छलफल अगाडी बढाउदै गाउँपालिका बिहीबार गाउसभा गर्दै छन् । उप प्रमुख यादवले गाउँपालिकाको गाउँसभाले निर्धारण गरेको सेवासुविधा भन्दा बढी सेवा लिएको भन्दै महालेखा परिक्षकको कार्यालयले ८ लाख रुपैयाँ असुल उपर गर्न सुझाव दिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रमुख र उप प्रमुख बिचको विवाद पद निलम्बन सम्म पुगेको छ । प्रमुख उप प्रमुख बिचको विवादपछि माओवादी केन्द्रका नेताहरुसंग दुरी बढेका प्रमुख फारुकलाई अन्य पार्टीमा लागेको भन्दै माओवादी केन्द्रले पद मुक्त गर्न निर्वाचन आयोगलाई पत्रचार गरेको छ ।