८ बैशाख २०८१, शनिबार

केही बुँदामा सर्वसम्मति जनाउँदै महोत्तरी १ मा १ बजेबाट मतगणाना गरिने

elecation

महोत्तरी १ मा मतगणनाको तयारीका लागि सर्वदलीय बैठक वसेको छ । आयोगले निर्धारण गरेका बुँदा र केही बुँदामा सर्वसम्मति जनाउँदै १ बजेबाट मतगणाना गरिने निर्वाचन आयोगले जनाएको छ ।

बैठकमा क्षेत्र नम्बर १ का केही ठाउँमा मतदानका क्रममा भएका त्रुटिलाई समेत प्रश्न उठाइएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्रलाई बदर गरिने र उक्त मतदान अधिकृतलाई कारवाही गर्न सिफारिस गरिने निर्वाचन अधिकृत गुणराज श्रेष्टले जानकारी दिए ।

दमार, चल्तीलगायतका ठाउँमा मतदान अधिकृतले केही मतपत्रमा हस्ताक्षर नभएको पाइएको छ । मतगणना भने प्रत्यक्ष प्रतिनिधिसभा र प्रदेशसभाको एकसाथ गणाना गरिने सहमति भएको छ ।