१५ चैत्र २०८०, बिहीबार

एकै गाउँमा २० जनामा कोरोना संक्रमण

corona insurance

पर्वतको एक गाउँमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको पैयुँ गाउँपालिका ७ हिलेमा ५० जनाको कोरोना परिक्षण गर्दा एकै गाउँका २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

कोरोना संक्रमण समुदायमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले भोर्लेलाई सिल गरेको छ । आज देखि असार १५ गतेसम्म भोर्लेलाई सिल गरिएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समिति पर्वतले असार ८ गतेदेखि एक सातासम्म लागु हुने गरी निषेधाज्ञालाई केही खुकुलो बनाएको थियो । निषेधाज्ञा खुकुलो बनाएसँगै सर्वसाधारणहरू स्वास्थ्यको ख्याल नगरी स्वास्थ्य मापदण्ड नअपनाएकै कारण समस्या हुने देखिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड व्यवस्थापन समिति संयोजक देवी पाण्डे खत्रीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीका अनुसार पर्वतमा एन्टिजेन परीक्षणको दायरा बढाइएको छ । स्थानीय तहहरूले आवश्यक मात्रामा एन्जिटेन परिक्षण गरिरहेको भण्डारीले बताउनुभयो ।