१४ बैशाख २०८१, शुक्रबार

जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु

death

सर्लाहीमा इट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको छ।

बुधवार मलंगवा न.पा.११ स्थितमा रहेको जंगीलाल रायको इट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा सोही ठाउँ बस्ने सदाम अन्सारी को छोरा बर्ष ८ को रेआज अन्सारी र बर्ष ६ को नेआज अन्सारीको मृत्यु भएको छ ।

बाख्रा चराउन गएको बेलामा जमेको पानीमा नुहाउने क्रममा ती बालकहरू डुबी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका बालकको उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याइएकोमा, उपचारको क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत मदन कुँवरले बताउनु भएको छ।