१४ बैशाख २०८१, शुक्रबार

दाङमा एक साता लकडाउन थपियो

cdo office dang

दाङमा थप एक सातालाई लकडाउन थपिएको छ ।

कोरोना सङ्कट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले अझै कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनको मोडालिटि परिवर्तन गरी असार १५ गते सम्म लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था र व्यापार व्यवसाय सञ्चालनका लागि समय थप गरेको छ । अब असार ८ गते देखी सरकारी कार्यालयहरू, बैङ्क तथा वित्तीय संस्था, बिहान १० देखी दिउँसो ३ बजे सम्म खुल्ने भएका छन् । बिहान ६ देखी १० बजे सम्म खुल्दै आएका अब दिउँसो २ बजे सम्म खुलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीघनारायण पौडेलले जानकारी दिए ।

कोरोनाको संक्रमण दर घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिक दूरीको अनिवार्य पालना गर्न सबै नागरिकहरूलाई आग्रह गरेको छ ।