८ बैशाख २०८१, शनिबार

पाँच दिन अघि एक नौ वर्षीया बालिकाको हत्याका आरोपित यादव पक्राउ, करणी गरी हत्या गरेको स्वीकार

hatya balika

पाँच दिन अघि एक नौ वर्षीया बालिकाको हत्या भएको घटनामा संलग्न एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ३ हटैलका १९ वर्षीय रोहितकुमार यादव रहेका छन । आरोपितले सोही वार्डका बालिकालाई घाँटी रेटेर भएको हत्या गरेको प्रहरीले बताइएको छ ।

गत शुक्रबार घाँस काट्न घरबाट निस्केकी सोही वडाका रामउद्गार यादवकी नौ वर्षीया छोरी शिवानीकुमारी यादवको हत्या भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा रोहितलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । घटनापछि फरार रहेको यादवलाई भारततर्फ जाँदै गरेको अवस्थामा सीमा नजिकबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।

घटना भएसँगै प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वमा विशेष टोली खटाइएको थियो ।

यसरी भयो घटना

सो दिन शिबानी ५ वर्षीया बहिनी सँध्यासँगै बाख्रा चराउन र घाँस काट्न भनेर घरदेखि करिब आठ सय मिटर उत्तर पुर्व पर्ने खेतमा जाने क्रममा बाटोमा आँपको बगैँचा नजिक पुगेको थियो । शिबानीले झरेको दुई वटा आँप टिपेर बहिनी सँध्यालाई दिएर बाख्रा लिएर खेत तर्फ जादै गर म अरु आँप टिपेर आउँछु । सँध्या खेततर्फ लागिन् ।

शिबानी नजिकैको नाता पर्ने शिबनाथ यादबको आँप बगैँचामा आँप टिपिरहेको अबस्थामा रोहित नजिक आएर बगैंचामा वरिपरि कोही नभएको मौका छोपी आँप दिने प्रलोभन दिई यौन चाहना पूरा गर्न करणी गरेका थिए । सो कुरा आमालाई बताई दिने भनेपछि शिबानीको साथमा रहेको हँसियाले घाँटीरेटि हत्या गरेको रोहितबाट खुल्न आएको प्रहरीले बताइएको छ ।

घटनामा संलग्न ब्यक्तिहरुको पहिचान एबं खोज तलाशको लागि प्राबिधिक अनुसन्धान समेत गर्न २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर एबंम संघीय प्रहरी ईकाई कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको सयुक्त टोली खटिएको थियो ।