१३ बैशाख २०८१, बिहीबार

हायस दुर्घटना दाङमा, चालकसहित चार जना घाइते

306530489 660324128991778 5933909793324600246 n1666275165

दाङमा हायस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका-१३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइते मध्ये चालकको अवस्था गम्भीर छ । नेपालगन्जका चालक २७ वर्षीय राजन बिक, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ सितलपुरका २६ वर्षीय नारायण कुँवर, तुलसीपुर-१६ की ५५ वर्षीया सरिता बस्नेत, दंगीशरण गाउँपालिका वडा नम्बर १ का ५३ वर्षीय टोपेन्द्रबहादुर विष्ट घाइते भएका छन् ।

सबैको उपचार तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा भइरहेको छ । गम्भीर घाइते चालक विकलाई भने थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दाङको तुलसीपुरबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको रा१ज ७९२ नम्बरको हायस दिउँसो साढे ३ बजेतिर अनियन्त्रित भई तुलसीपुर-१३ भञ्ज्याङमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

करेन्ट लाएर माछा मार्न खोज्दा एक जनाको निधन

विद्युत तारबाट ‘हुक’ गरी माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको निधन भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ क्वाङखोलामा बेलुकी साढे ४ बजेतिर माछा मार्ने क्रममा हसनापुर गाउँका २० वर्षीय विपीन बिकको निधन भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विपीन सोही गाउँका २० वर्षीय सर्वन बुढा, २२ वर्षीय अर्जुन बिक र ४० वर्षीय भोला डिसी सँगै माछा मार्न गएका थिए ।

उनीहरूले खोलामाथिको नांगो तारमा तार बल्झाएर करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास गरेका थिए। सोही क्रममा विपीनलाई करेन्ट लागेर निधन भएको थियो । घटनापछि अर्जुन र भोला फरार छन् । सँगै माछा मार्न गएका सर्वनलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।