७ बैशाख २०८१, शुक्रबार

जहिले नारायणीमा बाढी आउँछ त्यहीले अवलोकनमा आउँछन् प्रचण्ड, प्रत्येक वर्ष दिन्छन् आश्वासन मात्रै

prachanda 3

नारायणी नदीले वर्षेनी कटान गर्ने गरेको छ । विशेष गरी पश्चिम चितवनमा बाढीबाट धेरै क्षति हुने गरेको छ । सोही क्षेत्रका सांसद समेत रहेका पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नदी कटानको अवलोकन गर्न वर्षेनी आउने गरेका छन् ।

यस वर्ष पनि उनले अवलोकनलाई निरन्तरता दिए । उनले प्रत्येक वर्ष दीर्घकालिन समाधान खोज्ने भनेर आश्वासन दिने गरेका छन् तर नदी नियन्त्रणको काम भने कछुवाको गतिमा भइरहेको छ । न्यून बजेट रहेको भन्दै नारायणी नदी व्यवस्थापन आयोजनाले काम नै गर्न नसकिएको जनाउँदै आएको छ । प्रत्येक वर्ष प्रचण्ड अवलोकनमा आए पनि आफूहरुले डुबानको समस्या सँधै झेलिरहनु परेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

आज मंगलबार पनि अध्यक्ष प्रचण्डले सो क्षेत्रको स्थलगत अवलोक गरेका छन् । सो अवसरमा उनले समस्या समाधानका लागि दीर्घकालीन योजनाका साथ बजेट सुनिश्चितताका लागि पहल गरिरहेको बताए ।

उनले प्रभावित नागरिकलाई सुरक्षित हुन आग्रह गर्दै अर्थमन्त्रीसँग तत्काल कुरा गर्न बताए । उनले आजै जिल्लाका सरोकारवालाहरु सँग छलफल गर्दै छन् । बाढीले पश्चिम चितवनका दुई सय पचासभन्दा बढी घर डुबान र सयौं खेती योग्य जमिन नष्ट भएको छ ।

prachanda 1
prachanda 2