१४ बैशाख २०८१, शुक्रबार

भिरबाट खसेको ढुङ्गा लाग्दा नेपाली सेनाका एक जनाको मृत्यु

death
सांकेतिक तस्विर

जिल्लाको जगन्नाथ गाउँपालिकाको वडा न ३ मा पर्ने कर्णाली करिडोरमा माथीबाट खसेको ढुङ्गा लागेर एक जना नेपाली सेनाका प्युठको मृत्यु भएको छ ।

कर्णाली करीडोरमा काम गर्ने नेपाली सेना बर्ष ३८ का दिल बहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भण्डारी बाजुराकै हिमाली गाउँपालिका वडा न ४ कै रहेको बुझिन आएको प्रहरीले जनाएको छ ।

उनको मृत्यु बारे थप बुझ्न नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ । उनको मृत्युबारे आइतबार बिहान प्रहरीलाइ जानकारी भएको जनाएको छ ।