४ बैशाख २०८१, मंगलवार

नायिकामाथि विवाहको प्रलोभन दिएर यौन शोषण गर्ने पूर्वमन्त्री पक्राउ

e 1622275778

तमिलनाडुका पूर्वमन्त्री एम मणिकन्दनलाई तमिल नायिकालाई यौन शोषण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

चेन्नई प्रहरीले उनलाई बैंग्लोरबाट पक्राउ गरेको हो। उनीमाथि तमिल फिल्ममा काम गर्ने मलेसियाली नायिकामाथि यौन शोषण गरेर गर्भपतन गराउन बाध्य बनाएको आरोप छ।

ती नायिकाले गत मेमा उजुरी गरेकी थिइन्। उनले मणिनन्दनले पछिल्लो ५ वर्षदेखि आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी छन्।