१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू

lockdown nepal
फाइल फोटो

काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।

आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो पार्दै थप सात दिनसम्म लागु हुने गरी यो निर्णय गरिएको हो ।

 असार ८ गतेदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेको हो । 

निजी सवारी साधन कार, जीप, भ्यानमा बढीमा चारजना, ट्याक्सीमा बढीमा तीनजना मात्र सवार हुन पाउने छन् । मोटरसाइकल, स्कुटी जोरबिजोर प्रणालीमा चल्नेछन् ।

सबै सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वाास्थ्यकर्मी, कृषि, मल, बिउविजन, पशु चिकित्सकलगायत अत्यावश्यक सवारी साधन निर्वाध रुपमा रुपमा सञ्चालन हुनेछन् ।

सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुनेछन् ।

पत्रकार तथा सञ्चारकर्मीले सूचना तथा प्रसारण विभागको प्रेस पासको आधारमा आवतजावत गर्ने र सूचना तथा प्रसारण विभागको प्रेस पास नभएका सञ्चारकमीृको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित सञ्चार गृहको परिचयपत्रका आधारमा आवत जावत गर्न सक्नेछन् ।