१६ चैत्र २०८०, शुक्रबार

नेपालमा आइतबार थप २,४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु

corona insurance

नेपालमा आइतबार थप २ हजार ४४२ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ६७७ पीसीआर परिक्षणका क्रममा १४२१ र ४ हजार २४९ वटा एन्टीजेन परिक्षणका क्रममा १ हजार २१ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४७ हजार ६५१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५१ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ८ हजार ७२६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३४५६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ५ लाख ५६ हजार ७९८ संक्रमित निको भएका छन् । हाल ५५ हजार ५३७ जना सक्रिय संक्रमित आइशोलेशनमा छन् ।