७ बैशाख २०८१, शुक्रबार

बाजुरामा खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता

nadi

बाजुराका खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका छन्। सोमबार जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासँगै किम्नी खोलामा आएको बाढीले बगाउँदा सोही नगरपालिका–५ किम्नीका घुरे बुढाका १३ वर्षीय छोरा कमल बेपत्ता भएका हुन्।

यस्तै बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला पनि बेपत्ता भएकी छिन्। गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा संकलन गर्ने क्रममा मोतीकला बाढीले बगाएको स्थानीयले बताएका छन्।

बेपत्ता भएकाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदल बताए।