१३ बैशाख २०८१, बिहीबार

उपेन्द्र यादव निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने

upendra yadav 1140x570 2
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष उपेन्द्र यादव पक्ष सर्वोच्च अदालत जाने भएको छ । अध्यक्ष यादवले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका हुन् ।

आयोगले जसपाका दुवै पक्षले गरेको कारबाहीलाई मान्यता दिन अस्वीकार गरेपछि यादव समूह अदालत जाने तयारी गरेको हो ।आइतबार जसपा अध्यक्षद्वय महन्थ ठाकुर र यादव पक्षले गरेको कारबाही आयोगले अस्वीकार गरेको थियो ।

यता यादव पक्षले भने आयोगले सेटिङका आधारमा निर्णय गरेको भन्दै अदालत जाने तयारी गरेको छ । यादव पक्षका नेता मोहम्मद इश्तियाक राईले आयोगको निर्णयविरुद्ध न्यायिक निर्णय खोजिने जानकारी दिए ।