
सांकेतिक तस्विर
दार्चुलामा भीरबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ काटैँ (गराँकु) बस्ने ३१ वर्षीय लोकेन्द्र बमको भीरबाट लडेर मृत्यु भएको हो ।
मंगलवार जिल्ला सदरमुकाम खलंगाबाट घर जाने क्रममा राती १० बजेतिर सोही ठाउँको धार भन्ने भीरबाट लडेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाचुलाका सूचना अधिकारी नरेन्द्र चन्दले बताए ।
उनी भीरबाट करिब ५० मिटर तल खसेको बताइएको छ ।