१४ बैशाख २०८१, शुक्रबार

चितवनमा आज एकैदिन ९ कोरोना संक्रमितको मृत्यु, आईसीयू र भेन्टिलेटरमा १७१ जनाको उपचार हुँदै

corona death
फाइल फोटो

चितवनका विभिन्न अस्पतालहरुमा विगत २४ घण्टामा कोरोना संक्रमणको कारणले ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोनाले मृत्यु भएका ९ जना मध्ये ६ जना चितवन बाहिर जिल्लाका र ३ जना चितवनका रहेका छन् । जसमध्ये ३ जना भरतपुर अस्पतालमा, चितवन मेडिकल कलेजमा ५ जना र क्यान्सर अस्पतालमा १ जनाको निधन भएको हो । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ३० जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।

त्यसैगरी चितवनका विभिन्न अस्पतालका आईसीयूमा १४१ जना, भेन्टिलेटरमा ३० जना, एचडीयूमा ४३ जना र जेनरल बेडमा १३५ जनाको उपचार भइरहेको छ ।