१३ बैशाख २०८१, बिहीबार

२५ लाखको चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालमार्फत् ठगी, एक जना पक्राउ

arest

सामाजिक सञ्जाल वाट्सएप, इमोमार्फत चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१८ बस्ने निरजकुमार सिंह छन्।

चिठ्ठा परेको भन्दै सिंहले चिठ्ठा पाउनका लागि केही रकम करबापत तिर्नुपर्ने भन्दै ठगी गरेका थिए। उनीमाथि २ लाख १० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

सिंहले पीडितलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ईसेवामा नगद जम्मा गर्न लगाउने गरेका थिए।

उनी उपर ठगी कसुरमा आवश्यक कारबाही गर्न महानगरीय अपराध महाशाखामा दर्ता भएको जाहेरी दरखास्त र निवेदनलगायतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको प्रहरीले जानकारी दिएको छ।