१२ बैशाख २०८१, बुधबार

चितवनमा भयाबह बन्दै कोरोना, ३७ प्रतिशत बढीलाई संक्रमण

corona hotwater

चितवमा केही दिन यता तीब्ररुपमा कोरोना भाइरस संक्रमण बढिरहेकोले कोरोना भयाबह बन्दै गइरहेको छ ।

यसै क्रममा पछिल्लो २४ घण्टामा ३२६ जनामा संक्रमण पुष्टी भएको छ । ६६६ जनाको पीसीआर र २१० जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

जुन परीक्षणको नतिजा हेर्दा परीक्षण गरेका मानिसहरुको संख्याको ३७ प्रतिशत बढी हुन आउँछ । यसले कोरोना संक्रमण निकै भयाबह बन्दै गएको तर्फ संकेत गर्छ । अधिकांश मानिसहरु कोरोनाको जस्तै लक्षण देखिए पनि अहिलेसम्म परीक्षण गर्न गएका छैनन् ।

यो सँगै जिल्लामा कोरोना संक्रिय संक्रमितको संख्या तीन हजार ६१९ पुगेको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा ४० जना कोरोना संक्रमित उपचाररत छन् । तीन हजार ५७९ जना होम आइसोलेसनमा रहेका छन् ।

कोरोनाका कारण चितवनका कसैको पनि आज ज्यान गएको छैन् । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३८ रहेको छ । आज संक्रमित थपिएसँगै जिल्लामा कोरोना पोजेटिभ देखिनेको संख्या ३१ हजार १४८ रहेको छ ।