१४ बैशाख २०८१, शुक्रबार

दार्चुलाको तिङ्करमा खटियो प्रहरी

196284874 221156856278935 2682192187749353319 n2021 06 06 10 01 53.2021 06 06 12 13 49

दार्चुलाको ब्याँस गाउँपालिका १ को उत्तरी नाका तिंकरमा नेपाल प्रहरीको टोली खटिएको छ । गत मंसिरयता तिंकरको छायालेकबाट तल झरेको प्रहरीलाई हेलिकप्टरमार्फत तिंकर पठाइएको हो । नेपालतिर भएर तिंकर पुग्न सकिने अवस्था नरहेपछि हेलिकप्टरमार्फत प्रहरी र खाद्य सामग्रीसहित तिंकर पठाइएको हो ।

तिंकरको छायालेकमा प्रहरी सई हर्क महताको नेतृत्वमा १३ जनाको टोली खटाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।तिंकर सीमा प्रहरी चौकीमा खटिने प्रहरी जनशक्ति र खाद्यन्नसहित बन्दोबस्तीका सामग्री लगेर हेलिकप्टर तिंकरमै चौकी अवतरण गराइएको हो ।

नेपालको भूमि भएर तिंकर पुग्न पाँच दिन लाग्ने भएपछि सरकारले हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाएको हो । हेलिकप्टरमार्फत सुरक्षाकर्मी तिंकर पठाउन जिल्ला सुरक्षा समितिले गृहमन्त्रालयलाई आग्रह गरेको थियो ।