२५ बैशाख २०८१, मंगलवार

महतोले आज पनि भने नेपाल बहुल राष्ट्रिय राज्य नै हो

rajendra mahato

हिजो साँझदेखि उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री बनेका जसपा नेता राजेन्द्र महतोले नेपाल बहुराष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको नियम,कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताउनु भएको छ ।

आज जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि महतोले नेपाल बहुराष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल, पहाड, तराई र मधेशका जनताको सहभागिता हुनुपर्ने बताउनु भएको हो ।

मुलुकलाई बहुलतामा लैजानुपर्ने उल्लेख गर्दै उपप्रधानमन्त्रीले बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने बताउनु भएको छ ।

संविधान अपूर्ण भएकोले आफ्नो पार्टी जसपाले अधिकार र पहिचानको निम्ति मिसन चलाउने समेत महतोले उद्घोष गर्नु भएको छ ।उपप्रधानमन्त्रीको भनाई थियो ‘देशका सबै कुरा ठीक छैन । शासनमा भएको कमिकमजोरीलाई संशोधन र सुधार गर्दै लैजानुपर्छ ।