१५ चैत्र २०८०, बिहीबार

सर्लाही २ मा राजेन्द्र महतो पराजित, महिन्द्र राय यादव विजयी

Rajendra Mahato Vs Mahindra Yadav

सर्लाही क्षेत्र न २ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव विजयी भएका छन्।

उनले लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव सांसद निर्वाचित भएका हुन् ।

महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए । यस्तै नेकपा एमालेका राज नारायण साहले १४ हजार ८१९ मत पाए । जनमत पार्टीका नरेश कुशवाहाले ६ हजार ५५४ मत पाए ।

२०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महतो यस वर्ष क्षेत्र फेरेर सर्लाही पुगेका थिए ।

महतोको दल लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनमा रहे पनि यो क्षेत्रमा भने सत्त गठबन्धनले यादवलाई साथ दिएको थियो ।