१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले जेठ २७ गते विश्वासको मत लिने

Prthiv subba Gurung
फाइल फोटो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आगामी जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव गरेका छन्।

प्रदेशसभा बैठक सञ्चालन गर्न शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्री गुरूङले जेठ २७ गते विश्वासको मत लिने जानकारी दिएको भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले बताए।

गत वैशाख २९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका गुरूङले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ।