११ बैशाख २०८१, मंगलवार

ओलीसँग मिल्न सकिँदैन, तत्काल नयाँ पार्टी घोषणा गर्ने अवस्था छैनः माधव नेपाल

madhav kumar nepal scaled
फाइल फोटो

नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकिने बताएका छन् । शनिबार समानान्तर कमिटीका जिल्ला पदाधिकारीहरुसँगको भर्चुअल बैठकमा बोल्दै नेता नेपालले ओली सच्चिने सम्भावना नदेखेकाले चुनौती बुझेर नै आफु अघि बढेको बताएका हुन् ।

‘केपी ओली सच्चिनेवाला छैनन्, बालुवा पेलेर तेल निस्किँदैन । त्यसैले मैले एउटा निष्कर्ष निकालेको छु । अब ओलीसँग मिल्न सकिँदैन,’ उनले भने, ‘तर सबै विकल्प सोचेर अघि बढ्नु पर्छ, नत्र घर न घाटको भइन्छ ।’

बैठकमा सहभागी एक नेताका अनुसार सांसदको हैसियतमा सर्वोच्चमा दायर गरेको रिट विचाराधीन रहेकाले उनले अहिले नै नयाँ पार्टी घोषणा गर्न पनि सम्भव नभएको बताए ।