१४ बैशाख २०८१, शुक्रबार

प्रदेश २ मा सरकार बचाउन र बनाउन दौडधुप

thumb mukhyamantri karyalaya janakpur 1140x570 1

बिभाजन उन्मुख रहेको जनता समाजवादी पार्टी(जसपा)को प्रदेश २ सरकार समेत धरापमा परेको छ ।जसपाका एउटा घटकले सरकार बनाउन दौडधुप सुरु गरेकोछ ।अर्को घटक सरकार बचाउन सकृयता बढाएकोछ । जसपा फुट्ने बितिकै सत्ताको साँचो नेपाली काँग्रेसको हातमा जानेछ ।प्रदेशमा ठूलो दल रहेको पूर्व समाजवादी पार्टी नेकपा एमालेको ओली समुहसित नजाने निश्चित रहेकाले काँग्रेस र माओवादी केन्द्र उसको भरोसाको केन्द्र रहनेछ ।

एमालेपनि अघोषित रुपमा विभाजित नै छ ।तरपनि पूर्व राजपाको पहिलो रोजाई काँग्रेस भन्दा एमाले ओली समुह हुनेछ ।तर हाल प्रदेशमा ओली समुहतिर ८ जना सभासद मात्र छन् ।एमाले संसदीय दलको नेतामा १३ सभासदको समर्थन सहित माधवकुमार नेपाल समुहका नेता सत्रुधन महतो छन् । उनलेपनि पूर्व राजपालाई सहयोग गर्ने संभावना अत्यन्त कमजोर रहेको छ । जसपाबाट पूर्व राजपा छुट्टिने अन्तिम चरणमा रहेको बेला प्रदेश २ का संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सरकार बनाउन सहयोगीको सुचीमा काँग्रेसलाई प्राथमिकतामा राखेका छन् । काँग्रेस संसदीय दलका नेता रामसरोज यादवका अनुसार सोनलले सरकार बनाउनका लागि सहयोग गर्न आग्रह गरेको खुलासा गरेका छन् ।‘मन्त्री सोनलजीले सरकार बनाउन सहयोग गर्न भन्नु भयो’ उनले भने, जसपा एउटै दल रहेको अवस्थामा कसरी सहयोग गर्ने गर्ने विषयमा छलफल भएको हो’ उनले भने, बदलिंदो राजनीतिक परिवेशमा अनेक अनुमान र चर्चा अस्वभाविक होइन् ।

प्रदेश सभामा विपक्षी दलका नेता रहनु भएका काँग्रेस संसदीय दलका नेता यादवसित भेंटघाट र छलफल भएको आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवलेपनि पुष्टि गरेका छन् । ‘सरकारले प्रदेश सभाको बैठक बोलाइसकेको र सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भएकाले हामी सबै दलका नेता र सभासदहरुसित छलफल गर्छौ’ मन्त्री यादवले भने, सरकारलाई सहयोग गर्न हामीले काँग्रेसलाई आग्रह गरेका हौं । केन्द्रमा जसपा विभाजनको प्रकृयामा अगाडी बढिसकेकोले त्यसको सोझो प्रभाव प्रदेश सरकारमा पर्ने निश्चित छ । नीति तथा कार्यक्रम र बजेटलाई पूर्व राजपाले पास हुन नदिने जोखिम रहेकाले सरकार सुरक्षित हुन काँग्रेस र माओवादी केन्द्रको सहयोगको सुनिश्चितता गर्न चाहेको छ ।