८ बैशाख २०८१, शनिबार

झापामा निषेधाज्ञा जेठ मसान्तसम्म थप

btm muktichok

जिल्लामा पहिलोपटक बैशाख २२ गते मध्ये रातबाट जारी गरिएको निषेधाज्ञा पाँचौ पटक थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड(१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमण नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा थप गरिएको बताइएको छ ।

यसअघि औषधि पसल बाहेक अन्य पसल बन्द गरिएको भएपनि अब भने हप्ताको दुई दिन आइतबार र बुधबार बिहान ६ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी, फलफुल, मासु तथा दूध डेरीका पसल खोल्न दिने निर्णय गरेको छ ।

कोरोना महामारीको दोस्रो लहर शुरु भएयता झापामा १२२ जनाको मृत्यु भएको छ भने ४ हजार ३२१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।