१४ बैशाख २०८१, शुक्रबार

जनता घरमा, नेता सडकमा

sadakma 739x375 1

कोरोना महामारीका बीच राजनैतिक दललाई आन्दोलन र चुनाव लागेको छ । पर्सा जिल्लामा लगाइएको निषेधाज्ञालाई चुनौति दिदै सत्ताधारी र विपक्षी दलका नेताहरु दलिय निर्देशनमा अगाडी बढेका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि पर्सा जिल्लामा स्थानीय प्रशासनले बैशाख १६ गते देखि निषेधाज्ञा लगाएको छ । औषधी उपचार र अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । निषेधाज्ञालाई कडा बनाउदै प्रहरीले निषेधाज्ञा उल्लंघन गर्नेलाई दण्डित गर्नुका साथै औषधी पसलहरुमा समेत प्रवेश गरी कुटपिटको घटनाहरु सार्वजनिक हुदै आएका छन् । तर निषेधाज्ञाकै अवधीमा सत्तारुढ दल नेकपा एमालेका नेता, जिल्लाको ग्रामीण भेगमा चुनावका तयारी अभियान सुरु गरेको छ । चुनावी अभियान भन्दै जिल्लाका विभिन्न ठाउँहरुमा कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्दै हिडे पनि प्रहरी प्रशासन मुक दर्शक बनेपछि जिल्ला वासी आश्चर्य चकित भएका छन् । एमालेका नेता एवम् पुर्व सांसद राज कुमार गुप्ताले पर्सा जिल्लामा प्रशासनले लगाएको निषेधाज्ञालाई उल्लंघन गर्दै विगत ३ दिन देखि आफनो निर्वाचन क्षेत्रमा कार्यकर्ता भेला र पार्टी प्रवेश लगायतका कार्यक्रमहरु संचालन गर्दै आएका हुन् ।

एमाले नेता गुप्ताले जेठ १७ गते पोखरीया, औरही, सन्ठी , बहुअर्वामा कार्यकर्ता भेला गरेका थिए । जेठ १८ गते पनि नेता गुप्ताले पोखरीया नगरपालिका ९ शीवबर्वामा कार्यकर्ता भेलाका साथै पार्टी प्रवेश कार्यक्रम गरेका थिए । नेता गुप्ताले निषेधाज्ञामा भिडभाड गरि चुनावको प्रचार गर्दै राजनीतिक कार्यक्रम गरेको तस्वीर र समाचार विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडभाड गरि चुनावी कार्यक्रम गरिएको तस्वीर र समाचार भाइरसल भएपछि त्यसको चौतर्फि रुपमा आलोचना भइरहेको छ । अर्को तर्फ बिपक्षी गठबन्धनमा रहेको जनता समाजवादीको उपेन्द्र यादव समुहले पर्सा जिल्लाको विभिन्न ठाउमा बिरोध पर्दशन गरेको छ । वीरगञ्ज महानगरपालिका लगायत जिल्लको सबै स्थानिय निकायहरुमा प्रधानमन्त्री तथा राष्ट्रपतिको पुतला दहन कार्यक्रम गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने निषेधाज्ञा अवधीमा कुनैपनि भेला , सम्मेलन र कार्यक्रम गर्न नपाइने बताए । उनले भने,‘ एमाले नेता गुप्ताले गाँउमा गरेको कार्यक्रमका बारेमा मलाइ जानकारी छैन , यसबारेमा नेता गुप्तासंग म बुझछु ।