१६ चैत्र २०८०, शुक्रबार

इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटी २-० ले विजयी

city vs westham

इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी वेस्ट हम युनाइटेडलाई २-० ले हराउदै विजयी भएको छ । यसको साथै सिटी ५४ अंक को साथ लिगको दोस्रो स्थानमा छ भने वेष्टह्याम २४ अंकसहित रेलिगेसन जोनमा छ । सिटीले तेस्रो स्थानमा रहेको लेस्टरसँगको दुरी चार अङ्क कायम गरेको छ ।

खेलको ३०औँ मिनेटमा रोद्री हर्नाण्डेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले केभिन डी ब्रुयनको पासमा गोल गरेका थिए । पहिलो हाफमा त्यही गोलको अग्रता कायम राखेको सिटीले दोस्रो हाफमा अग्रता दोब्बर बनायो ।

युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले दुई वर्षका लागि युरोपेली प्रतियोगितामा प्रतबन्ध लगाए पनि सिटीले पहिलो खेल खेलेको हो । यद्यपि सिटीले यसको सम्बन्धमा खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय मुद्दा हेर्ने ‘कोर्ट अफ् आर्बिट्रेशन फर् स्पोर्टस्’ मा अपिल गर्ने बताइसकेको छ ।