८ बैशाख २०८१, शनिबार

आज ईपीएल टी–ट्वान्टीको दोस्रो क्वालिफायर खेल हुँदै

चौंथो एभरेष्ट प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै टोलीको योजना फाइनलमा स्थान पक्का गर्ने रहेको छ । भैरहवा ग्लाडियटर्स बुधबार भएको एलिमिनेटरमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो ।

पोखरा पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग पराजित भएको थियो । फाइनल प्रवेशका लागि पोखराले दोस्रो क्वालिफायरको मौका पाएको हो । भैरहवासँग पराजित काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ ।

चितवन भने फाइनल पुगिसकेको छ । विहीबारको खेलको विजेता टोली फाइनल पुग्नेछ । विहीबारको विजेता टोलीले शनिबार उपाधिको लागि चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछ ।