११ बैशाख २०८१, मंगलवार

मुलुुकको परराष्ट्र नीति आन्तरिक राजनीतिमा निर्भर : मन्त्री खड्का

minister dr. narayan khadka 17
फाइल फोटो

परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुुकको परराष्ट्र नीति आन्तरिक राजनीतिमा निर्भर रहने बताउनुुभएको छ ।

उहाँले भन्नुुभयो, “घरेलु राजनीति एकताबद्ध र ठिक छ, दलबीच कुनै विवाद छैन भने त्यसले परराष्ट्र नीतिलाई गतिलो आधार र दिशानिर्देश गर्छ ।”

परराष्ट्र मन्त्रालय देशको ऐना भएको बताउँदै मन्त्री खड्काले भन्नुुभयो, “परराष्ट्र नीति मुलुकको समग्र तस्वीर हो ।” प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा आज आयोजित बधाई तथा शुुभकामना बैठकमा उहाँले भन्नुुभयो, “हाम्रा कतिपय सम्बन्ध स्पष्ट छैन, कूटनीतिभन्दा पनि भावनामा बगेर गरिएका कारण समस्या पैदा भएको छ ।”

भावनामा बढेर चलाएको कूटनीतिले कहिले पनि सकारात्मक नतिजा नदिने बताउँदै परराष्ट्रमन्त्री खड्काले भन्नुुभयो, “यथार्थ नबुुझेर गरिएको कूटनीतिले समस्या पैदा गरेमा सम्हाल्न गाह्रो हुन्छ, सबैभन्दा ठूलो विषय भनेको कूटनीतिमा सन्तुलन कायम गर्न सक्नुपर्छ ।”

राष्ट्रहित, स्वतन्त्रता, स्वाभिमान, क्षेत्रीय अखण्डता, विश्वशान्तिजस्ता आधारभूत सिद्धान्तबाट बाहिर नभई कूूटनीतिलाई अघि बढाउन आवश्यक रहेको बताउँदै उहाँले सरकार परिवर्तनसँगै नीति बदल्ने परिपाटीमा सुधारको खाँचो औँल्याउनुुभयो ।

राष्ट्रहित भनेको दल विशेषको नभई साझा एजेण्डा भएको बताउँदै परराष्ट्रमन्त्री खड्काले एमसिसीलगायत विषय दलबीचको सहमतिका आधारमा छिनोफानो हुने स्पष्ट पार्नुुभयो । संयुुक्त राष्ट्रका महासभामा भाग लिने क्रममा भएका छलफल, विचारविमर्श र सम्बोधनबाट देशको शिर ठाडो राख्दै गौरव गर्ने काम भएको पनि उहाँले स्पष्ट गर्नुभयो ।

यसअघि बैठकमा सभापति र सदस्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका ज्ञान हासिल गर्नुुभएका खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएकाले नेपालको कूटनैतिक छविमा सुधार आउने विश्वास व्यक्त गर्दै उहाँलाई बधाई तथा शुुभकामना व्यक्त गर्नुुभयो ।

संविधानको मर्म र भावनाअनुुरूप विषय विज्ञ, क्षमता र समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै राजदूूत नियुक्तिमा ध्यान पुु¥याउन पनि उहाँलाई सुुझाव दिइयो । सजगताका साथ छिमेकीसँग कुुशल कूटनीति सम्बन्ध कायम गर्न सल्लाह दिँदै सदस्यले परराष्ट्रमन्त्रीको योग्यता र क्षमताप्रति सबैको आशा र भरोसा भएकाले नेपालको कमजोर कूटनीतिलाई सुुदृढ तुुल्याउन सुुझाव दिनुुभयो ।